हुम्ला- हुम्लाको सिमकोट गाउँपालिका वडा- ४ र ३ को बीचमा रहेको स्याप्ने खोलामा रहेको काठे पुल बाढीले बगाउँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।
बहीबार राति आएको बाढीले काठे पुल बगाउँदा वडा १, दोजाम, २ ठेहे र ३ बरगाउँ तथा खार्पुनाथ गाउँपालिका- ५ ताक्ला, बाम्टाका स्थानीयलाई आवतजावतमा कठिनाइ भएको छ ।
अविरल वर्षासँगै हेल्दुम खोलामा आएको बाढीले उक्त क्षेत्रको पुल बगाएको स्याम्ने गाउँका स्थानीय भ्यायल महतले जानकारी दिए ।
बिहीबार राति आएको बाढीले स्याम्ने गाउँका स्थानीयलाई जोखिम बनाउनुका साथै यस क्षेत्रमा क्षति गरेको बताइएको छ । माथिबाट आएको बाढीका कारण स्याम्न गाउँका स्थानीय त्रसित भएका छन् ।
केही वर्ष अगाडि आएको बाढीले सोही गाउँमा ठूलो क्षतिसमेत गरेको थियो ।