एकीकृत समाजवादी अर्घाखाँचीमा उत्साह , एमालेका चार नेता समाजवादीमा — OSNepal

एकीकृत समाजवादी अर्घाखाँचीमा उत्साह , एमालेका चार नेता समाजवादीमा

LC (KTM) September 03, 2021 0

अर्घाखाँची । एकीकृत समाजवादी अर्घाखाँचीमा एमालेका चार नेता एकीकृत समाजवादीमा लागेपछि उत्साह थपिएको छ । नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले उत्साह र समर्थनको लहरले हाम्रो पाटी उत्साहित भएको बताएका हुन ।

अर्घाखाँचीको पाणिनि गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गाैतम माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी पार्टीमा खुलेकी छन ।

नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष गाैतमले शुक्रबार जिल्ला निर्वाचन कार्यालय अर्घाखाँची पुगेर एकीकृत समाजवादी पार्टीकाे पक्षमा सनाखत गरेकि हुन ।

पाणिनि गाउँपालिका वडा न. ३ का निर्बाचित वडा सदस्य ओमप्रकाश भुसाल, सन्धिखर्क नगरपालिका वडा न. १ कि निर्बाचित महिला सदस्य शुमित्रा मुखिया, मालारानी गाउँपालिका वडा न.५ का वडासदस्य डाल बहादुर चौहानले समेत नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर