भेरोसेल खोपको दोस्रो डोज लगाइँदै — OSNepal

भेरोसेल खोपको दोस्रो डोज लगाइँदै

LC (KTM) September 03, 2021 0

ओखलढुंगा, १८ भदौ । शुक्रबारदेखि ओखलढुंगामा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । गत १७ र १८ साउनमा गते खोपको पहिलो मात्रा लगाएका नौ हजार २१३ जनाका लागि दोस्रो मात्राको खोप आजदेखि लगाउन सुरु गरिएको हो ।

जिल्लाका सबै स्थानीय तहका ५८ वटै खोप केन्द्रबाट खोप अभियान संचालन भएको जिल्ला स्वास्थ्य कार्यलयका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए ।

जिल्लाका ५५ वर्षमाथि उमेर समूहका नगरिक, सवारी चालक, होटल व्यवसायी र अन्य व्यवसायीहरूका लागि दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको पन्तको भनाइ छ । यसअघि खोपको पहिलो मात्रा लागाएका नागरिकले खोप कार्डसहित नजिकको खोप केन्द्रमा तीन दिनसम्म खोप लगाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर