काठमाडौं १८ भदौ । नेकपा एमालेका उपाध्यक्ष नेता बामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।
एमाले विभाजन भएपछि तटस्थ बसेका नेता गौतमले अन्तत पार्टीबाटै राजीनामा दिएका हुन् ।
उनले आफुले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् ।