नेपाललाई नेम्वाङकोे चुनौती : पार्टी विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउनुहोस् — OSNepal

नेपाललाई नेम्वाङकोे चुनौती : पार्टी विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउनुहोस्

LC (KTM) September 03, 2021 0

काठमाडौं १८ भदौ । नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई पार्टी विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन चुनौती दिएका छन् ।

आज ललितपुरमा आयोजित एक कार्यक्रममा उनले नेपाल पक्षलाई यस्तो चुनौती दिएका हुन् । ‘खाली तँ र म’ को कुरा गरेर पार्टी विभाजनको औचित्य पुरा गर्न नसकिने बताएका उनले विनाविचारधारा, दर्शन र कार्यक्रमविना पार्टी फुटाउन नपाउने संवैधानिक व्यवस्था विपरित गएर नेपालले पार्टी फुटाएको नेम्वाङले आरोप लगाएका छन् ।

साथीहरूले विभाजनको औचित्य स्थापित गर्न सक्ने छैनन् । म यतिमात्रै भन्छु, विभाजनको औचित्य स्थापित गर्नुपर्छ । अहिले नै प्रष्ट देखिएको छ ।

कार्यक्रममा उनले भनेका छन्, विभाजनको औचित्य स्थापित हुन सक्ने ठाउँ छैन । कुनै विचार सिद्धान्त छैन । खाली तँ र म को कुरा छ । हामीले के आधारमा जनतालाई भन्ने ?,”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर