प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन चाँडै नै म मैदानमा हुनेछु : प्रवक्ता शर्मा — OSNepal

प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन चाँडै नै म मैदानमा हुनेछु : प्रवक्ता शर्मा

LC (KTM) September 03, 2021 0

काठमाडौं १८ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफु चाँडै पार्टीको १४ औँ महाधिवेशनको मैदानमा आउने बताएका छन् ।

प्रवक्ता शर्माले आफुलाई सबै शुभचिन्तक मित्रहरूले उम्मेदवारी घोषणा कहिले ? भनी प्रश्न गरेकामा आफु धेरै अभारी भएको भन्दै चाँडैमा मैदानमा आउने बताएका हुन् ।

ट्वीटर मार्फत उनले उम्मेदवारी घोषणा कहिले रु शुभचिन्तक मित्रहरू, पार्टी पंक्ति र प्रेसको प्रश्न र जिज्ञासाप्रति आभारि छु’ ‘प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन’ भन्दै आएको थिएँ ।

वडा अधिवेशनः शुरु भएको आजको दिन सबै उम्मेदवारलाई शुभकामना भनेका छन् । ,शुभेच्छा र साथ चाहन्छु भन्दै उनले चाँडै मैदानमा आउने बताएका छन् ।

उनले लेखेका छन् ,उम्मेदवारी घोषणा कहिले ?
शुभचिन्तक मित्रहरू, पार्टी पंक्ति र प्रेसको प्रश्न र जिज्ञासाप्रति आभारि छु ञप्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै आएको थिएँ वडा अधिवेशन शुरु भएको आजको दिन सबै उम्मेदवारलाई शुभकामना चाँडैनै म मैदानमा हुनेछु,शुभेच्छा र साथ चाहन्छु जय नेपाल !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर