चोरीको मोटरसाइकलमा हुँइकिदै गरेका सुरज पक्राउ — OSNepal

चोरीको मोटरसाइकलमा हुँइकिदै गरेका सुरज पक्राउ

LC (KTM) September 03, 2021 0

बारा १८ भदौ । चोरी गरेको मोटरसाइकल सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका १ बस्ने २२ वर्षीय सुरज राम रहेका छन् ।

उनलाई ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले बिहिबार बिहान पक्राउ गरेको हो ।

प्रसौनी गाउँपालिका ४ खुटवा टोल बस्ने महबुब मियाँ अंसारीको घरमा राखिएको ना.३६ प ३०२५ नम्बरको मोटरसाइकल बिहिबार चोरी भएको खवर प्राप्त हुना साथ प्रहरीले निजलाई मोटरसाइकल सहित प्रसौनी गाउँपालिका-१ स्थित शिव पार्वती धर्मकट्टा नजिकबाट पक्राउ गरेको हो ।

निजउपर जिल्ला अदालत बाराबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर