देशभरका यी ३० वटा अस्पतालमा अब कोरोना संक्रमितको उपचार निशुल्क गरिने — OSNepal

देशभरका यी ३० वटा अस्पतालमा अब कोरोना संक्रमितको उपचार निशुल्क गरिने

LC (KTM) May 19, 2021 0

काठमाडौं ५ जेठ । सरकारले अब ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने भएको छ । देशभरका सातै वटै प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग सरकारले सम्झौता गरी संक्रमितको उपचार गर्ने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले बताए अनुसार आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने छ ।

सम्झौता गरेका अस्पताहरुले स्वास्थ्य स्वास्थ्य मन्त्रालयलाई हरेक बिरामीको विवरण भने पेश गर्नुपर्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर