प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा २५ वर्षीय मनोज पक्राउ — OSNepal

प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा २५ वर्षीय मनोज पक्राउ

LC (KTM) September 03, 2021 0

कैलाली १८ भदौ । प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ मष्टा गाउपालिका-२ बस्ने २५ वर्षीय मनोज कुमार सिंह रहेका छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

हालै प्रहरी जवान पदको सम्पूर्ण परीक्षाहरु समाप्त भई अन्तिम नतिजा प्रकाशनको क्रममा रहेको अवस्थामा सिंहले एकजनालाई प्रहरी बनाई दिन्छु भन्दै ठगी गरिरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई कैलाली धनगढी उपमहानगरपालिका-३ चौराहबाट पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरी बनाई दिने भन्दै पैसा माग गरी लिएको ६० हजार रुपैयाँको चेक र पीडितलाई फोन गरी धम्काई पैसा तथा चेक नदिए प्रहरीको छनौटबाट फेल गरिदिने भन्ने धम्की र प्रलोभन दिई फोन गरेको रेकर्ड समेत प्रहरीले बरामद गरेको छ ।

उनी उपर ठगी शीर्षक मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर