कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी यम बहादुर पक्राउ — OSNepal

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी यम बहादुर पक्राउ

LC (KTM) September 03, 2021 0

धादिङ १८ भदौ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ५३ वर्षीय यम बहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ज्वालामुखी गाउँपालिका ५ खरी बस्ने ५३ वर्षीय यम बहादुर राना मगरलाई जिल्ला अदालत धादिङको २०७७ मंसिर १ गते १९ वर्ष ७ महिना ६ दिन कैद सजायको फैसला सुनाएको थियो । उनलाई प्रहरी चौकी साधभञ्ज्याङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

२०६१ कात्तिक १२ गते बेलुका खरीस्थित यम बहादुर बिकको घरमा बसिरहेको अवस्थामा लुद्र बहादुर फ्याली मगरलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा अदालतले उक्त कैद सजाय गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत धादिङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर