उपत्यकामा हिजोको तुलनामा आज केही घटे संक्रमित — OSNepal

उपत्यकामा हिजोको तुलनामा आज केही घटे संक्रमित

LC (KTM) May 19, 2021 0

काठमाडौं- एकै दिन पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् । संक्रमित मध्य पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १,९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जना गरी उपत्यकामा दुई हजार ४८६ जना संक्रमित भेटिएका हुन् । यो संख्या मंगलबारको तुलनामा १४९ जना कम हो ।त्यस्तै एकै दिन २४६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना  संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर