काठमाडौँ । बलिउडलाई विश्वको दोस्रो ठूलो चलचित्र उद्योग भनिन्छ । यो उद्योगमा वर्षमा एक हजारभन्दा बढी चलचित्र निर्माण र प्रदर्शन हुने गरेका छन् । भारतमा ७ हजार सिंगल थिएटर र २१ सय मल्टीप्लेक्स छन् । छिमेकी मुलुकमा रहेको यति ठूलो बजारले नेपाली मेकरलाई पनि लोभ्याउने गरेको छ । यसैले त पछिल्लो समय नेपाली चलचित्रलाई हिन्दीमा डब गरेर भारत रिलिजको प्रयास भइरहेको छ ।
निर्देशक मिलन चाम्सले पनि ‘वीर विक्रम २’ लाई भारतका सिनेमा हलमा रिलिज गर्न दुई वर्ष अगाडि मुम्बईमा चलचित्रको हिन्दी डबिङ गरेका थिए । तर, कोरोनाका कारण बन्द भएका भारतका सिनेमा हल खुल्ने अनिश्चित भएपछि उनले अब भारतीय यूट्युब च्यानलबाट चलचित्र रिलिज गर्ने भएका छन् ।
यो चलचित्रमा पल शाह, नजिर हुसेन, बर्षा सिवाकोटी लगायतले अभिनय गरेका छन् । के नेपाली कलाकारहरुको बलीउडमा सम्भावना देखिन्छ त रु हिन्दीमा चलचित्र रिलीज गर्न लागेका मिलन चाम्ससँग यसै बिषयमा गरिएको भिडियो कुराकानी हेर्नुहोस्ः