कांग्रेसको नेतृत्व र राष्ट्रियता एक अर्काका परिपूरक हुन् : बालकृष्ण खाँड — OSNepal

कांग्रेसको नेतृत्व र राष्ट्रियता एक अर्काका परिपूरक हुन् : बालकृष्ण खाँड

LC (KTM) September 03, 2021 0

काठमाडौँ १८ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले पार्टीको १४ महाधिवेशन अन्र्तगत आजबाट सुरु हुन गइरहेको वडा अधिवेशनको सबैलाई शुभकामना दिएका छन् ।

आपसी सदभाव र सहकार्यबाट नेपाली राजनीतिलाई अगाडि बढाउने विश्वास आफुले यो अधिवेशनबाट लिएको नेता साँडले शुभकमना सन्देशमा उल्लेख गरेका छन् ।

आज हुने वडा तहको अधिवेशनबाट नेतृत्वमा आउने नेताहरू मुलुकको राष्ट्रियता र स्वाधिनता, संघीयता र गणतन्त्रलाई बलियो बनाउने गरी अगाडि बढ्नुपर्ने उनले सन्देशमा उल्लेख गरेका छन् ।

‘नेपालको वर्तमान अवस्थालाई समेत हृदयंगम गरी नेपाली कांग्रेसको आवश्यकता, मुलुकको राष्ट्रियता, संघीयता, गणतन्त्रजस्ता अतिआवश्यक विषयलाई मध्यनजर गर्दै अगाडि बढ्नुहुनेछ भन्ने विश्वासका साथ पार्टीको वडा तहको नेतृत्वमा आउन प्रयासरत सबै साथीहरूलाई शुभकामना व्यक्त गर्दछु,’ खाणले भनेका छन् ।

कांग्रेसको नेतृत्व र राष्ट्रियता एक अर्काका परिपूरक जस्तै भएकाले त्यसलाई ध्यान दिँदै अगाडि बढ्न वडा तहको नेतृत्वमा आउन प्रयासरत सबैलाई उनले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर