यि तीनवटा विमान कम्पनीले महँगो भाडा लिए — OSNepal

यि तीनवटा विमान कम्पनीले महँगो भाडा लिए

LC (KTM) September 03, 2021 0

काठमाडौं । चार्टर्ड उडानको समयमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीले निर्धारितभन्दा बढी भाडा लिएको छानबिन समितिको प्रतिवेदनले देखाएको छ । कोभिड–१९ महामारीको दोस्रो लहरको समयमा चार्टर्डलगायत अन्य अन्तर्राष्ट्रिय हवाई उडानमा तीनवटा विमान कम्पनीले महँगो भाडा लिएका हुन् ।

सरकारले गत वैशाख तेस्रो हप्तादेखि गरेको बाह्य उडानमा गरेको प्रतिबन्धका कारण चार्टर्ड उडान भएको थियो । सो समयमा विमान कम्पनीले निर्धारितभन्दा बढी भाडा लिएको गुनासो आएपछि सरकारले असार पहिलो साता नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

दुई महिनाभन्दा बढी समय लगाएर समितिले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालालार्ई चार्टर्ड उडानमा यात्रुबाट बढी भाडा लिएको निष्कर्ष निकाल्दै छानबिन प्रतिवेदन बुझाएको थियो ।आजको कारोबार दैनिकमा खबर छ ।

कतार एयरवेज, टर्किस एयरलाइन्स र हिमालय एइरलाइन्सले बढी भाडा लिएको छानबिन प्रतिवेदनले औंल्याएको छ । समितिले त्यस कार्यमा संलग्न कम्पनीउपर थप अनुसन्धान एवं कारवाहीका लागि नियामक निकायमा सिफारिस गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सचिव कोइरालालाई बुझाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर