लोकतान्त्रिक विधि–प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट सबल नेतृत्व चयन गर्न नेता सिंहको अपिल — OSNepal

लोकतान्त्रिक विधि–प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट सबल नेतृत्व चयन गर्न नेता सिंहको अपिल

LC (KTM) September 03, 2021 0

काठमाडौँ १८ भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्दै शुभकामना दिएका छन् ।

आज शुक्रबार भदौ १८ गते हुन गइरहेको पार्टीको १४ औं महाधिवेशन अन्र्तगत आजबाट सुरु भएको वडा अधिवेशनको अवसरमा नेता सिंहले शुभकामना सन्देश मार्फत यस्तो बताएका हुन् ।

‘कांग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना गर्दछु । त्यसतर्फ तल्ला तहबाटै प्रयत्नहरू अघि बढाउन पनि म देशभरका साथीहरूसँग अपील गर्दछु ।’ सन्देशमा उल्लेख गरिएको छ ।

विधिसम्मत र स्वस्थ्य प्रतिस्पर्धाबाट क्षमतावान नेतृत्व चयन गर्न वडा अधिवेशन सफल होस् भन्दै उनले वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्ने समेत सन्देशमा उल्लेख गरेका छन् ।

लोकतान्त्रिक विधि–प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट सबल नेतृत्व चयन गर्न अपिल गरेका उनले संविधानको रक्षा, संघीयता, समावेशीता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुत बनाउनसक्ने र देशलाई समृद्धिको बाटोमा लैजाने दृष्टिकोणसहितको नेतृत्व आजको आवश्यक्ता भएको जारी शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर