सरकारको नेतृत्व गरेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई विस्तार गर्न नसकेका देउवा भन्छन्- 'म आज निकै खुसी छु' — OSNepal

सरकारको नेतृत्व गरेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई विस्तार गर्न नसकेका देउवा भन्छन्- ‘म आज निकै खुसी छु’

LC (KTM) September 03, 2021 0

काठमाडौं १८ भदौ । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको वडा अधिवेशन सुरु भएको अवसरमा शुभकामना दिँदै स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउने बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका देउवाले आ शुभकामाना सन्देश मार्फत सबैलाई शुभकामना दिएका हुन् । नेपाली जनताले बलियो काँग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव भएको बुझेको समेत बताएका छन् ।

देउवाद्धारा जारी विज्ञप्तीमा भनिएको छ , ‘नेपाली जनताले बुझिसकेका छन्, बलियो काँग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ । त्यसैले ‘बलियो काँग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरूलाई आग्रह गर्न चाहन्छु, ।

८ लाखभन्दा बढी नेपाली काँग्रेसका क्रियाशील सदस्य आजदेखि १४ औ महाधिवेशनको प्रक्रियामा सहभागी हुनु भएको छ र मैले ती सबै सदस्यहरू र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति यतिबेला गरिरहेको छु । जसले गर्दा क आज निकै खुसी छु भन्दै उन्देशमा उल्लेख गरेका छन् ।

विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारणले नै फेरि मुलुकको नेतृत्व काँग्रेसकै काँधमा आएको उनको दावी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर