बागमती नदीको बीचमा एकाबिहानै भेटियो शव — OSNepal

बागमती नदीको बीचमा एकाबिहानै भेटियो शव

LC (KTM) September 03, 2021 0

काठमाडौ, १८ भदौ- बागमती नदीमा एक युवकको शव भेटिएको छ । काठमाडौंको मिनभवन र कोटेश्वरको नजिक बागमती नदीको बीचमा आज बिहान शव भेटिएको हो ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायव उपरीक्षक मिन लामाले शव काभ्रे सारदाबतासे–४ का ३८ वर्षीय विक्रम तामाङको भएको जानकारी दिए । बाहिरी शरीरमा चोटपटक केही नदेखिएको र छाती फुलेको अवस्थामा नदीको बीच भागमा शव भेटिएको लामाले बताए ।

उनको साथमा भेटिएको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान भएको लामाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको लामाले बताए । शव प्रहरीले नै देखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर