निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजार ८ सय ३९ जनालाई होल्डमा — OSNepal

निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजार ८ सय ३९ जनालाई होल्डमा

LC (KTM) May 19, 2021 0

काठमाडौं- विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजार ८ सय ३९ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको छ । सो क्रममा १ हजार ५ सय २४ वटा गाडी र ३ हजार ९ सय ६६ वटा मोटरसाइकल गरी ५ हजार ४ सय ९० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ सय ९० जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ३ सय ६१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ ।

साथै देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत १३ हजार ९ सय ७४ जनालाई सचेत गराईएको छ ।निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर