एकीकृत विपद् व्यवस्थापन ‘क्याम्प’ निर्माण सुरु — OSNepal

एकीकृत विपद् व्यवस्थापन ‘क्याम्प’ निर्माण सुरु

Kesh Karki (USA) September 03, 2021 0

झापामा एकीकृत विपद् व्यवस्थापनका लागि ‘क्याम्प’ निर्माण सुरु गरिएको छ । स्वीस विकास नियोग, प्रदेश र स्थानीय सरकारको सहयोग तथा सहकार्यमा अर्जुनधारा नगरपालिका–११ स्थित देउनियाटोल नजिकै क्याम्प निर्माण सुरु गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।जिल्लाका चार स्थानीय तह कनकाई नगरपालिका तथा अर्जुनधारा, बिर्तामोड र बुद्धशान्ति गाउँपालिकामा विपद् व्यवस्थापन गर्ने काम थालिएको उहाँले बताउनुभयो । “चारवटै स्थानीय तहले अपनत्व लिने र एकीकृत विपद् व्यवस्थान गर्ने गरी काम थालिएको छ”, उहाँले भन्नुभयो, “यसले विपद्का बेला नागरिकको उद्धार, राहत र विपद् व्यवस्थानमा सहज हुनेछ ।”

दुई बिघा सार्वजनिक जग्गामा निर्माण थालिएको क्याम्पबाट दमकल, शववाहन, एम्बुलेन्स, बाढी, पहिरो, आगलागीलगायतका विपद् नियन्त्रणका लागि गरिने अर्जुनधाराका नगरप्रमुख हरिकुमार रानाले बताउनुभयो । संरचना निर्माणका लागि माटो परीक्षणसमेत गरिएको छ । एकीकृत विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा अन्यलाई तालिमको व्यवस्थापन गर्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर