साबधान ! के तपाईको बच्चालाई यस्तो लक्षण त देखिएको छैन ? ज्यानसम्म पनि जान सक्ने — OSNepal

साबधान ! के तपाईको बच्चालाई यस्तो लक्षण त देखिएको छैन ? ज्यानसम्म पनि जान सक्ने

LC (KTM) September 03, 2021 0

सङ्क्रमण भएको वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका दुईदेखि छ सातामा बालबालिकालाई ज्वरो आउने वा छालामा समस्या त आएको छैन् ? सचेत हुनुहोस् अहिले बालबालिकामा ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआईएससी) जटिल समस्याका रूपमा देखिएको छ । सङ्क्रमित भएको दुईदेखि छ साता रोग प्रतिरोधात्मक शक्ति अनियन्त्रणका कारणले यस प्रकारको रोग बालबालिकामा लाग्ने गरेको विशेषज्ञहरूको भनाइ छ ।

कान्ति बाल अस्पतालका निर्देशक अजित रायमाझीले सङ्क्रमित भएको बेला कुनै पनि लक्षण नदेखिए पनि निको भएको छ हप्ताभित्र एमआईएससी देखिन सक्ने जानकारी दिए । ज्यानसम्म पनि जान सक्ने यो जटिलतामध्ये एउटा ठूलो जटिलता रोग हो जुन अहिले नेपालमा पनि बढेको पाइएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

एमआईएससी भएका बालबालिकाका शरीरका विभिन्न प्रणाली र अङ्गहरूमा एकै पटक असर गर्ने हुँदा विभिन्न खाले लक्षण देखा पर्ने डा. रायमाझीको भनाइ छ । भाइरससँग लड्नका लागि बालबालिकाको शरीरले गर्ने प्रतिक्रियाका कारण एमआईएससी हुने उनले प्रस्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर