बाघको आक्रमणबाट जोगाउन विद्यार्थीलाई बस — OSNepal

बाघको आक्रमणबाट जोगाउन विद्यार्थीलाई बस

LC (KTM) September 02, 2021 0

बर्दिया १७ भदौ । ठाकुरबाबा नगरपालिकास्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न ठाकुरद्वाराबाट बगनाहा क्यामपससम्म बस सेवा सञ्चालनमा ल्याएको छ ।यसबाट विद्यार्थी तथा अभिभावक खुशी भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको यस क्याम्पसमा विद्यार्थीहरू छोटो बाटो प्रयोग गरी आउँदा जाँदा वन्यजन्तुको आक्रमणमा पर्न सक्ने भएकाले यस्तो व्यवस्था गरिएको सहायक क्याम्पस प्रमुख रुद्रबहादुर खड्काले बताए ।

हाल कोभिड–१९ का कारण क्याम्पस सञ्चालन नभए पनि शुक्रबारदेखि सञ्चालन हुने स्नातक दोस्रो वर्षको परीक्षालाई सहज हुुने उल्लेख गर्दै उनले बस सेवालाई मधुवन नगरपालिकाको सूर्यपटुवा ओराली हुँदै बगनाह क्यामपससम्म पु¥याइने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर