नेकपा एमालेको आरोप : सरकारले जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनालाई थामथुम पार्न खोज्यो — OSNepal

नेकपा एमालेको आरोप : सरकारले जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनालाई थामथुम पार्न खोज्यो

LC (KTM) September 02, 2021 0

काठमाडौं १७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुडाइदिएर जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनालाई सरकारले
थामथुम पार्न खोजेको आरोप लगाएको छ ।

पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले एक विज्ञप्ती जारी गरी सरकारले जनताको ध्यान अन्यत्र मोड्न खोजेको समेत आरोप लगाएका छन् । विज्ञप्तीमा भनिएको छ , ‘साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुडाइदिएर जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको एक महिनाभन्दा बढी समय बितेको छ,

‘यस विषयमा छानबिन गर्न गठित समितिको म्याद पटक–पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार यस घटनालाई थामथुप पार्ने प्रयासमा लागेको देखिएको छ ।’

नागरिक बेपत्ता पारिएको संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसकेको एमालेले आरोप लगाएको छ ।

‘नागरिकको जीवनसँग जोडिएको गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै एमाले अविलम्ब यस घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर