देउवाप्रति नेता पोखरेलको टिप्पणी : 'तुइन हत्या' प्रकरणमा डरले होला सरकारको बोली नै फुटेन — OSNepal

देउवाप्रति नेता पोखरेलको टिप्पणी : ‘तुइन हत्या’ प्रकरणमा डरले होला सरकारको बोली नै फुटेन

LC (KTM) September 02, 2021 0

काठमाडौँ १७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता शंकर पोखरेलले दार्चुलाको तुइन प्रकरण प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले बोल्न डराई कृतिम सिमा विवादका विषयमा भने निकै साहासी भएको आलोचना गरेका छन् ।

संसदीय समितिले समेत भूमि मिचिएको स्पष्ट रुपमा भन्दा पनि सरकार यो विषयमा मौन बसेको नेता पोखरेलको आरोप रहेको छ ।

नेता पोखरेलले सामाजिक सञ्जाल मार्फत ‘तुइन हत्या’ प्रकरणमा डरले होला वोली नफुटेको सरकार कृत्रिम सीमा विवादका विषयमा साहसी देखिएको भन्दै पोखरेलले ‘खिसियाइ बिल्ली खम्बा नोचे’ भनी ब्यङग्य गरेका हुन् ।

उनले भनेका छन्,जोसंग जटिल सिमा विवाद छ र भूमि मिचिएको संसदको ठहर छ त्यो विषयमा सरकार पुरै मौन छ । ‘तुइन हत्या’ प्रकरणमा डरले होला वोली अझै राम्ररी फुटेको छैन । तर कृतिम सिमा विवादका विषयमा भने सरकार निकै साहासी देखियो ।सायद यस्तैलाई भनिएको होला ‘खिसियाइ बिल्ली खम्भा नोचे’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर