नेपालमा आज २ हजार ४ जनामा सङ्क्रमण पुष्टि हुँदा १८ सय बढीले जिते कोरोना १६ जनाको मृत्यु — OSNepal

नेपालमा आज २ हजार ४ जनामा सङ्क्रमण पुष्टि हुँदा १८ सय बढीले जिते कोरोना १६ जनाको मृत्यु

LC (KTM) September 02, 2021 0

काठमाडौ.- नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज १४ हजार ६५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ६१९ जना र एन्टीजेन विधिबाट ३८५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अबधीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८४६ रहेको छ भने १६ जनाको मृत्यु भएको छ ।नेपालमा हाल ३३ हजार ९४६ सक्रिय सङ्क्रमित रहेका छन् ।

यसमध्ये ३१ हजार ६१९ जना होम आइसोलेसनमा, २ हजार ३२७ जना संस्थागत आइसोलेसनमा, ५४४ जना सघन उपचार कक्षमा र १६६ जना भेन्टिलेटरमा उपचाररत छन् । ३०२ जना क्वारेन्टिनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर