मुनु सिग्देल नेतृत्वको समूह एकीकृत समाजवादीमा आबद्ध — OSNepal

मुनु सिग्देल नेतृत्वको समूह एकीकृत समाजवादीमा आबद्ध

LC (KTM) September 02, 2021 0

मकवानपुर, १७ भदौ – मुनु सिग्देल नेतृत्वको एमाले मकवानपुरको समानान्तर समूह नेकपा (एकीकृत समाजवादी) को पक्षमा आबद्ध भएको छ । हेटौंडामा बिहीबार आयोजित भेलामा पार्टी केन्द्रीय सदस्यसमेत रहेकी सिग्देलले आफू नेतृत्वको एमाले जिल्ला कमिटीलाई एकीकृत समाजवादी पार्टीमा आवद्ध गरेको जानकारी दिइन् ।

भेलाले तत्कालीन एमाले सचिवालय सदस्य रहेका श्रीधर पोखरेल जिल्ला अध्यक्ष बनाएकाे छ । तत्कालीन एमाले जिल्ला कमिटी सचिव मीना लामा उपाध्यक्ष, सचिवमा विष्णुप्रसाद दाहाल चयन भएका छन् ।

यस्तै, कार्यालय सचिवमा तिलक अधिकारीलाई निरन्तरता दिइएको एकीकृत समाजवादीकी केन्द्रीय सदस्य सिग्देलले भेलामा घोषणा गरिन् । केन्द्रीय सदस्य सिग्देलका अनुसार जिल्ला कमिटी सदस्यको संख्या दुई ५५ रहेको छ ।भेलामा समाजवादीका केन्द्रीय सदस्य केदार न्यौपालेले केपी ओली कम्युनिष्ट हुन नसकेकाले विद्रोह गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर