निवार्चन आयोगको यो निणर्यले मन्त्रिपरिषद विस्तारमा ढिलाई — OSNepal

निवार्चन आयोगको यो निणर्यले मन्त्रिपरिषद विस्तारमा ढिलाई

LC (KTM) September 02, 2021 0

काठमाडौं १७ भदौ । निवार्चन आयोगले स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गते सम्मको समय दिएसँगै गठवन्धन सरकारको मन्त्रिपरिषद् विस्तार तत्काल नहुने निश्चित भएको छ ।

नेकपा एमालेबाट फुटेर बनेको माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीले पनि भदौ २३ यता मन्त्रिपरिषद विस्तारको विषयम कसैले पनि चुइँक्क गर्दैन भनी स्पष्ट पारिसकेका छन् ।

अर्को जनता समाजवादी पार्टी जसपाले पनि भदौ २२ पछि मात्र आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएको छ ।

जसपाबाट फुटेर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि आयोगले स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गते सम्मको समय दिएपछि आफ्नो पार्टीबाट को को जाने को को आउने भन्ने विषयमा टुंगो भदौ २२ गतेपछि मात्र लाग्ने भएकाले यादवले आयोगको समय अवधिभर सरकारमा नजाने प्रष्टाएको हुन् ।

गठवन्धन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले दूई महिना हुन लाग्दा पनि सरकारलाई पुर्णता दिन सकेका छैनन् । सुरुमा नेपाल पक्षलाई कुरेका देउवालाई अहिले आएर नेपाल र यादवले कुराएका छन् । मन्त्रालय बाँडभाँडको विषयमा पनि कुनै टुंगो लागेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर