माधव नेपालको खुलासा : भदौ २३ यता मन्त्रिपरिषद् विस्तार हुँदैन — OSNepal

माधव नेपालको खुलासा : भदौ २३ यता मन्त्रिपरिषद् विस्तार हुँदैन

LC (KTM) September 02, 2021 0

काठमाडौं १७ भदौ । नेकपा एकिकृत (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौ २३ यता मन्त्रिमण्डल विस्तार नहुने बताएका छन् ।

एमालेबाट फुटेर बनेको नवर्निमित नेकपा एस पार्टीमा आउन या एमालेमा जान निवार्चन आयोगले भदौ २३ गते सम्मको स्थानीय जनप्रतिनिधिलाई समय दिएको कारण नेपालले यस्तो बताएका हुन् ।

आज बिहिबार सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उनले तत्काल मन्त्रिपरिषद् विस्तार नहुने स्पष्ट पारेका हुन् ।

भदौ २२/२३ गतेसम्म त मन्त्रिपरिषद विस्तारका बारेमा कसैले चुईक्क पनि नबोल्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर