नेकपा एमालेका प्रदेश २ मा १० जना सांसदले गरे नेपाल नेतृत्वको नेकपा एस पार्टी
जनकपुरधाम १७ भदौ । नेकपा एमालेका प्रदेश २ मा १० जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
आज बिहिबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा गई नेकपा एस पार्टीमा सनाखत गरेका हुन् ।
नेकपा एस पार्टीमा सनाखत गर्नेमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तव रहेका छन् ।
प्रदेश २ नेकपा एमालेका २१ सांसद रहेका छन् ।