ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर निमार्ण भएको नेकपा एस पार्टी माओवादी केन्द्रसँग विलिन हुँदैन : माधव नेपाल — OSNepal

ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर निमार्ण भएको नेकपा एस पार्टी माओवादी केन्द्रसँग विलिन हुँदैन : माधव नेपाल

LC (KTM) September 02, 2021 0

काठमाडौं १७ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर निमार्ण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलिन नहुने स्पष्ट पारेका छन् ।

आज बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै नेता नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आफ्नो पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता नगर्ने स्पष्ट पारेका नेपालले भने , ‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलिन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो ।’

विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलीन हुने भ्रममा नपर्न सबैलाई जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर