काठमाडौँ १७ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवादलाई नछाडेको भन्दै यसलाई आत्मसात् गरेर नयाँ ढंगबाट अघि बढ्ने बताएका छन् ।
आज बिहिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले प्रदेश सांसद, जनप्रतिनिधि तथा पार्टीका नेता–कार्यकतालाई ‘१० बुँदे’को भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीको १० बुँदे सहमति टाङमुनि छिराएर हुर्मत लिने योजना रहेकाले यस्तो नर्गन नेपालले आग्रह गरेका हुन् ।