अर्को दुखद खबर, काेराेनाबाट २० महिनाकी बालिकासहित दुईको मृत्यु — OSNepal

अर्को दुखद खबर, काेराेनाबाट २० महिनाकी बालिकासहित दुईको मृत्यु

LC (KTM) September 02, 2021 0

खोटाङ, १७ भदौ-कोभिड-१९ को संक्रमणका कारण खोटाङमा २० महिनाकी बालिका र वृद्धको मृत्यु भएको छ ।कोभिडबाट रावाबेँसी गाउँपालिका-२ खार्पाकी २० महिनाकी बालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेका श्रेष्ठ थरका वृद्धको मृत्यु भएको हो ।

बालिकाको बुधबार बेलुका घरैमा र वृद्धको अस्थायी कोभिड अस्पताल दिक्तेलमा मृत्यु भएको हो । यससँगै जिल्लामा कोभिड संक्रमणका कारण मुत्यु हुनेको संख्या १४ पुगेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।

बुवाआमालाई संक्रमण भएपछि एन्टीजेन परिक्षण गर्दा बालिकालाई पनि संक्रमण पुष्टि भएको थियो । हरम्टारस्थित अस्थायी कोभिड अस्पतालमा पुर्याइए पनि निको नहुने भन्दै रेफर गरेपछि बुधबार बिहान घर ल्याइएकी बालिकाको बेलुका मृत्यु भएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लीलानाथ निरौलाले बताए ।

यस्तै, १५ भदौमा अस्थायी कोभिड अस्पताल दिक्तेलमा भर्ना भएका वृद्धको श्वास–प्रश्वासमा समस्या भएपछि मृत्यु भएको हो । कडा निमोनियाका कारण फोक्सोमा गम्भीर समस्या निम्तिएपछि वृद्धको मृत्यु भएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर