लोकतन्त्रलाई संस्थागत गर्ने कसरी यो देशको समृद्धि अगाडि बढाउन सकिन्छ भन्ने विषयमा कांग्रेस गम्भिर हुनुपर्छ : वरिष्ठ नेता पौडेल — OSNepal

लोकतन्त्रलाई संस्थागत गर्ने कसरी यो देशको समृद्धि अगाडि बढाउन सकिन्छ भन्ने विषयमा कांग्रेस गम्भिर हुनुपर्छ : वरिष्ठ नेता पौडेल

LC (KTM) September 02, 2021 0

काठमाडौँ १७ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोली भदौ १८ गतेबाट वडा अधिवेशन हुनु एक दिन अगाडी सबैलाई आफ्नो आत्माको पुकार सुनेर निर्णय गर्न आग्रह गरेका छन् ।

आज बिहान एक भिडियो माफर्त भनेका छन्, ‘ढिलै भएपनि १८ गतेबाट वडा अधिवेशन सुरु हुँदैछ, नेपालको अहिलेको परिवर्तनलाई संस्थागत गर्दै लोकतन्त्रलाई साकार पार्न र नेपाली कांग्रेसलाई जनताको भरोसाको केन्द्र बन्ने दिशामा काम गर्नुपर्नेछ,हाम्रो पार्टीलाई सबल नेतृत्व, चिन्तनशील नेतृत्व र लोकतन्त्रप्रति निष्ठावान नेतृत्वको आवश्यकता छ । सर्वत्र देशभर नै आवश्यक छ ।’

महाधिवेशनले संविधान र लोकतन्त्र रक्षाका लागि लोकतन्त्रप्रति निष्ठा भएको सबल नेतृत्व आवश्यक भएको बताएका कांग्रेसले कसरी सवल नेतृत्व ल्याउने भन्नेमा चिन्तित हुन र गम्भीर हुन आवश्यक रहेको बताएका छन् ।

आफ्ना सानातिना निजी कुरालाई विर्सेर लोकतन्त्रलाई संस्थागत गर्ने कसरी यो देशको समृद्धि अगाडि बढाउन सकिन्छ भन्ने विषयमा कांग्रेस गम्भिर हुनुपर्नेमा बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर