काठमाडौं १७ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज भेटवार्ता भएको छ ।
आज बिहिबार बिहान माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा दुई अध्यक्षबिच भेटवार्ता भएको हो ।
करिब २० मिनेट जति भएको भेटमा सरकारमा सहभागिताको विषयमा छलफल भएको स्रोतले जनाएको छ । चार दलको गठवन्धन सरकारले दुई महिना बितिसक्दा पनि सरकारलाई विस्तार गर्न सकेको छैन् ।
भागवण्डाको विषयमा कुरो नमिल्दा सरकारले पुर्णता नपाएको हो ।