नेकपा एमालेको कारण लुम्बिनी प्रदेशसभाको आजको बैठक पनि स्थगित — OSNepal

नेकपा एमालेको कारण लुम्बिनी प्रदेशसभाको आजको बैठक पनि स्थगित

LC (KTM) September 02, 2021 0

काठमाडौं १७ भदौ । आज बस्ने भनिएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।
गठवन्धन सरकारको नेतृत्वका माओवादी केन्द्रका कुलप्रसाद केसी लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पटक पटक बैठक अवरुद्ध गर्दै आएको छ ।

पार्टीले कारवाही गरेको विमलाकुमारी वली र अजय शाहीलाई कारबाही गर्नुपर्ने माग गर्दै एमालेले पटक पटक बैठक अवरुद्ध गर्दै आएको हो ।

नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगन गरिएको थियो ।

गत भदौ ७ गते पनि मुख्यमन्त्री केसीले विश्वासको मत लिँदा समेत एमालेले बैठक बहिष्कार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर