काठमाडौँ ५ जेठ । कोभिड १९ कोरोना संक्रमणबाट आँखारोग विशेषज्ञ डा. पूज्यश्री कार्कीको निधन भएको छ । दश दिन अगामी कोरोना संक्रमण देखिएको कार्कीको नर्भिक अस्पतालमा आज बुधबाार उपचारकै क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।
ललितपुरको किस्ट मेडिकल कलेजमा कार्यरत कार्कीलाई सात दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो । उनका पति पनि किष्ट मेडिकल कलेजमै कार्यरत एक डाक्टर हुन् ।