सत्तामा पुग्न र पुगेपछि टिक्न विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी प्रवृत्तिले राष्ट्रको हित र स्वाभिमानको रक्षा गर्न सक्दैन — OSNepal

सत्तामा पुग्न र पुगेपछि टिक्न विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी प्रवृत्तिले राष्ट्रको हित र स्वाभिमानको रक्षा गर्न सक्दैन

LC (KTM) September 02, 2021 0

काठमाडौँ १७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र पुगेपछि टिक्न विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी प्रवृत्तिले राष्ट्रको हित र स्वाभिमानको रक्षा गर्न नसक्ने बताएका छन् ।

अध्यष थापाले दार्चुलाको भएको घटनालाई लिएर यस्तो टिप्पणी गरेका हुन् । भारतीय सुरक्षाकर्मीले तुईनको डोरी काटिदिएपछि दार्चुलाका जयसिंह धामी महाकाली नदिमा वेपत्ता भएका थिए ।

यही घटनालाई लिएर थापाले भनेका छन्, भारतीय सुरक्षाकर्मीले तुईनको डोरी काटि दिएको घटना समेत बंग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउने आशा गर्न सकिदैन । अध्यक्ष थापाले धामीलाई न्याय देउ भन्दै ट्वीटर मार्फत आग्रह समेत गरेका छन् ।

उनले भनेका छन् , ‘भारतीय सुरक्षाकर्मीले तुईनको डोरी काटि दिएको घटना समेत बंग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउने आशा गर्न सकिन्न।
सत्तामा पुग्न र पुगेपछि टिक्न विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी प्रवृत्तिले राष्ट्रको हित र स्वाभिमानको रक्षा गर्न सक्दैन।
जयसिंह धामीलाई न्याय देउ!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर