देउवालाई लोहनीको सुझाव : अहिले भएका मन्त्रीहरुलाई नै अन्य मन्त्रालयको जिम्मेवारी दिए राम्रो हुन्छ — OSNepal

देउवालाई लोहनीको सुझाव : अहिले भएका मन्त्रीहरुलाई नै अन्य मन्त्रालयको जिम्मेवारी दिए राम्रो हुन्छ

LC (KTM) September 02, 2021 0

काठमाडौं १७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राप्रपाका अध्यक्ष डा। प्रकाशचन्द्र लोहोनीले प्रधानमन्त्री शेरबहादुर देउवाले अब चुनावमा जान्छु भन्न सक्ने बताएका छन् ।

हिजो एक कार्यक्रममा सहभागी भएका अध्यक्ष लोहनीले सरकारको नेतृत्व गरेको दुई महिना बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न नसकेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

मन्त्रिमण्डल विस्तारमा गठवन्धनमै घटपट भइसकेको संकेत गरेका उनले अब देउवाले मसँग अर्को विकल्प केही छैन भनेर चुनावमा जान्छु भन्न बेर नभएको पनि बताएका छन् ।

गठवन्धन दलमा भागवण्डाको कुरा नमिल्दा सरकारले पुर्णता नपाउन् विडम्वना भएको बताएका छन् ।

कार्यक्रममा उनले अहिले भएका मन्त्रीहरुलाई नैअन्य मन्त्रालयको जिम्मेवारी दिएको भए राम्रो हुनेथियो भन्दै प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर