यस वर्षको वार्षिक परिक्षा नहुने,आन्तरिक मूल्यांकनको आधारमा परीक्षाफल प्रकाशित — OSNepal

यस वर्षको वार्षिक परिक्षा नहुने,आन्तरिक मूल्यांकनको आधारमा परीक्षाफल प्रकाशित

LC (KTM) May 19, 2021 0

पोखरा ५ जेठ । कोभिड -१९ कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गएपछि यस वर्षको वार्षिक परिक्षा नहुने भएको छ ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर महामारीका कारण वार्षिक परिक्षा सञ्चालन गर्न नसक्ने भन्दै आन्तरिक मुल्यांकन तथा त्रैमासिक, अर्धवार्षिक परीक्षाको आधारमा नतिजा प्रकाशन गर्न सम्पुर्ण स्कुलहरुलाई निर्देशन दिएको हो ।

नयाँ भर्नाको लागि असार १ गतेदेखि मात्र शुरु गर्न पनि महानगरले जानकारी दिएको छ । त्यस्तै कक्षा आठको परिक्षाको लागि भने परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णयअनुसार हुने गरी अर्को सूचना प्रकाशन गरिने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर