खोलाले कार बगाउँदा चार जनाको मृत्यु, खुट्टा भाचिएको अवस्थामा चालकको यसरी गरियो उद्धार — OSNepal

खोलाले कार बगाउँदा चार जनाको मृत्यु, खुट्टा भाचिएको अवस्थामा चालकको यसरी गरियो उद्धार

LC (KTM) September 02, 2021 0

दाङ, १७ भदौ- दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही(लमही सडक खण्डअन्तर्गत गोग्लीस्थित सिस्ने खोलाले कार बगाउँदा घोराही(१३ की ४० वर्षीया रीतामाया पुन, सोही ठाउँकै ३२ वर्षीय शुशीला श्रेष्ठ, घोराही(१४ की ३१ वर्षीया राधा कुवँर र सोही ठाउँकै ४२ वर्षीया यमुना केसीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले गएराति १० बजेतिर प्रदेश प्र।३-०१-०२४ च ४४४० को कारलाई खोलाले बगाएको जानकारी दिए । कारमा पाँच जना सवार रहेको र चालक घोराही-१५ का नरबहादुर पुनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

खुट्टा भाचिएको अवस्थामा चालक पुनलाई उद्धार गरिएको रिजालले बताए । मृतक चारै जनाको श ब पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर