आज देशका यि यि स्थानमा भारी वर्षाको सम्भावना — OSNepal

आज देशका यि यि स्थानमा भारी वर्षाको सम्भावना

LC (KTM) September 02, 2021 0

काठमाडौं, १७ भदौ-बिहीबार आज मौसम प्रतिकूल रहने छ । नेपालमा मनसुनी वायुका कारण बिहान प्रदेश १ का धेरै र प्रदेश २, बागमतीका केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो मुलकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। शुक्रबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शुक्रबार राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर