मानव बेचबिखन तथा ओसारपसारमा संलग्न अस्मिता राईसहित २ जना पक्राउ — OSNepal

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न अस्मिता राईसहित २ जना पक्राउ

LC (KTM) September 01, 2021 0

कास्की १६ भदौ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-६ शान्तिनगरस्थित ए वान रेष्टुरेन्टकी संचालिका ईलाम माई नगरपालिका-८ चिसापानी घर भएकी २८ वर्षीया अस्मिता राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नो रेष्टुरेन्टमा खाजा नास्ता बनाउने तथा वयटरको काममा लगाईदिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी महिलाहरूलाई डर त्रास देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी कास्की, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-६ खहरे चोकस्थित होटल लिटिल ह्यावेनका संचालक नुवाकोट तारकेश्वर गाउँपालिका-४ घर भएका विशाल भन्ने २७ वर्षीय विष्णु श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनले कुकको काममा लगाई दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी महिलाहरूलाई डर त्रासमा पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीहरु उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ३ दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलाय कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर