काठमाडौँ १६ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले पार्टीको केन्द्रय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट आज राजिनामा दिएका छन् ।
विश्वकर्माले आज बुधबार प्रेस विज्ञप्ती जारी गर्दै आफुले राजीनामा दिएको सार्वजनिक गरेका हुन् ।
जारी विज्ञप्तीमा वर्तमान विधानले दलितलाई अन्याय गरेकाले आफुले दुवै पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
दलित समुदायलाई अपमान र अन्याय हुने गरी बनाएको निर्वाचन निर्देशिका दलित संघका लागि मान्य नहुने पनि उनले उल्लेख गरेका छन् ।