काठमाडौँ १६ भदौ । नेकपा एकिकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई दिएको विरामी खर्चको विषयमा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
आज बुधबार न्यायाधीश ईश्वरप्रसाद खवितडाको एकल इजलासले विदेशमा गरिएको उपचारलाई पनि सरकारले खर्च दिएको विषयमा जवाफ मागेको हो ।
भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा मृर्गौला प्रत्यारोपगरी सोमबार मात्र स्वदेश फर्र्किएका नेता खनाललाई ओली सरकारले १३ लाख सहयोग गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई गत भदौ १३ गते विद्यार्थी संगठन अखिल छैठौंका अध्यक्ष तथा अधिवक्ता विमल पोखरेलले विदेशमा गरिएको उपचार खर्च राज्यकोषबाट व्यहोर्नु जनस्वास्थ्य ऐन २०७५ विपरीत भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।