काठमाडौं १६ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६१२ पीसीआर परीक्षणमा १ हजार ६४८ र ४ हजार ३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा २० जना संक्रमितले ज्यान गुमाएका छन् । भने ३ हजार ३० जनाले भने कोरोनालाई जितरे घर फर्र्र्किएका छन् ।
त्यस्तै, थपिएको संक्रमित मध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित रहेका छन् ।