काठमाडौँ १६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत पुगेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध रिट निवदेन पेश गर्न ओली सर्वोच्च पुगेका हुन् । आफ्नो पार्टीले कारवाही गरेको १४ सांसदलाई पदमुक्त नगरेको भन्दै ओलीले सभामुखविरुद्ध रिट निवेदन गरेका हुन् ।
नेकपा एमालेले माधव नेपालसहित १४ सांसदलाई पार्टीको हिप विपरित काम गरेको भन्दै कारवाही गरेको पब संसद सचिवालयमा पठाएको थियो । यता सापकोटाले भने १४ सांसदलाई कारवाही गर्न नपर्ने बताएका थिए ।
साथै पार्टीले कारवाही गरेको सांसदले गरेको सनाखत सदर गरेको भन्दै आयोग विरुद्ध पनि रिट दायर गरेका छन् ।