स्याङ्जा – नेपाली कांग्रेस स्याङ्जाका महासमिति सदस्य, पूर्व जिल्ला कोषाध्यक्ष एवं समाजसेवी गजिन्द्रप्रकाश मल्लको कोरोनाका कारण निधन भएको छ । पछिल्लो दुई वर्षदेखि अस्वस्थ मल्ललाई कोभिड भएपछि उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भएका थिए ।
उनको उपचारकै क्रममा ७३ वर्षको उमेरमा निधन भएको थियो ।उनले निरंकुश शासन व्यवस्था विरुद्ध नागरिकका स्वतन्त्रताका पक्षमा आवाज उठाउँदै प्रतिबन्धित अवस्थामा जेलनेल समेत भोगेका थिए ।
डेढ वर्षअघि क्यान्सर रोगलाई समेत जितेका मल्ल अन्तत कोरोना सँग भने हारे । गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्ल सहित ३ छोरा, श्रीमती र एक छोरी छन् ।