कुटपिटबाट महिलाको मृत्यु — OSNepal

कुटपिटबाट महिलाको मृत्यु

Kesh Karki (USA) September 01, 2021 0

सिरहाको कल्याणपुर नगरपालिका– ९ डुमरीमा आज बिहान दुई परिवारबीच विवाद हँुदा एक महिलाको मृत्यु भएको छ । सामान्य विषयलाई लिएर दुई परिवारबीच विवादसँगै कुटपिट हुँदा स्थानीयवासी ६५ वर्षीया भालसैरदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिवाद बढ्दै गएपछि भएको कुटपिटमा भारसैरदेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो । भारसैरदेवीको मृत्यु भएलगत्तै कुटपिटमा संलग्न भएको आरोप लागेका जयकुमार र श्रीदेव फरार भएको उपरीक्षक बुढाथोकीले बताउनुभयो । भारसैरदेवीको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर