बाटोमा भैँसीको मल राखेको विषयमा झगडा दुई परिवारबिच झगडा हुँदा एक जनाको गयो ज्यान — OSNepal

बाटोमा भैँसीको मल राखेको विषयमा झगडा दुई परिवारबिच झगडा हुँदा एक जनाको गयो ज्यान

LC (KTM) September 01, 2021 0

काठमाडौँ १६ भदौ । दुई परिवारबिच झगडा हुँदा एक जनाको ज्यान गएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका १ मा दुई परिवारबीच झगडा हुँदा ६५ वर्षकी भाल्सैरदेवी यादवको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार स्थानीय यादव र जय यादव–श्रीदेव यादवको परिवारबीच झगडाहुँदा एक जनाको ज्यान गएको हो ।

दुई परिवारको बिचमा श्रीदेवले बाटोमा भैँसीको मल राखेको विषयमा झगडा भएको प्रहरीले जनाएको छ ।

जयकुमार यादव र श्रीदेव यादवले कुटपिटबाट भाल्सैरदेवीको ज्यान गएकोले हाल उनीहरुको खोपी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको पनि प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर