काठमाडौँका जनता फोहोरबाट आजित बनेका बेला धनकुटा फोहोरबाट मालामाल बन्दै, हेर्नुहोस् भिडियो — OSNepal

काठमाडौँका जनता फोहोरबाट आजित बनेका बेला धनकुटा फोहोरबाट मालामाल बन्दै, हेर्नुहोस् भिडियो

LC (KTM) September 01, 2021 0

काठमाडौ । देशको संघीय राजधानीको सडक फोहोरले भरिएको छ । सिसडोल भरिदै जाँदा काठमाडौं उपत्यकामा फोहोरको साम्राज्य बढ्दो छ । खुट्टाले टेक्ने ठाउँ नहुँदा नाक थुनेर हिड्नु पर्ने बाध्यतामा छन् राजधानीबासीहरु ।

काठमाडौ उपत्यकामा अहिले हरेक दिन १२ सय टन फोहोर उत्पादन हुन्छ । तर सिसडोलमा काठमाडौं उपत्यका ३ जिल्लासहित काभ्रेको बनेपा, धुलिखेलसम्मका गरी १९ वटा नगरपालिकाको दैनिक १४ सय मेट्रिकटन भन्दा बढी फोहोर थुप्रने गरेका बेला फोहोरबाट मालामाल हुने शहर बनेको छ धनकुटा नगरपालिका ।

फोहोरलाई मोहर बनाउन जानेको धनकुटाले हरेक बर्ष गतिलो रकम आफ्नो भण्डारमा भर्दै आएको छ । सामान्यतया फोहोर फाल्ने स्थान भनेपछि गहनाउने दुर्गन्ध आउने धेरैको बुझाई छ । तर यस बुझाईलाई पछिपार्दै धनकुटा नगरपालिका फोहोर व्यवस्थापनमा अनुकरणीय उदाहरण नै पेश गरेको छ । धनकुटा नगरपालिकाले नगर भित्र उत्पन्न फोहोर व्यवस्थापनलाई व्यवस्थित गरि कुहिने, नकुहिने र ईलेक्ट्रिकल फोहोरलाई बेग्ला बेग्लै छुट्याई बर्षमा करिब २० लाख ४० हजार भन्दा बढी रकम आम्दानी गर्दै आएको छ । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर