मोडेर्ना खोपमा भेट्टियो मिसावटयुक्त काला कण — OSNepal

मोडेर्ना खोपमा भेट्टियो मिसावटयुक्त काला कण

LC (KTM) September 01, 2021 0

एजेन्सी- जापानमा कोरोनाबिरुद्ध लगाइने मोेडेर्ना खोपमा मिसावट भेटिएको पुष्टि भएको छ । एउटा ब्याचभित्र राखिएका खोप परीक्षणका क्रममा एउटा बोत्तलमा काला कण भेटिएका हुन् ।

मिसावट देखिएपछि सो ब्याचका सबै खोप रोक्का गरिएको छ । सो ब्याचबाट ३ हजार ७ सय ९० जनाले खोप लगाइसकेका थिए । एक साताअघि मात्र जापान सरकारले मिसावटको आशंकामा मोडेर्नाका १६ लाख डोज खोप रद्द गरेको थियो । बिज्ञहरुले परीक्षण गर्दा ‘काला बस्तु’ देखेपछि खोपका तीन वटा ब्याच रोक्का गरिएको थियो ।

जापानमा मोडेर्ना खोप बिक्री तथा वितरण गर्दै आएको ताकेदा फर्माक्युटिकलले मिसावटको आशंका लागेका खोप जम्मा गरेको छ । खोपको सम्भावित मिसावटले मानिसहरुको स्वास्थ्यमा हानी पुगेको प्रमाण अहिलेसम्म नभेटिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

खोपको बोत्तल निर्माणको जिम्मा पाएको स्पेनी फर्माक्युटिकल कम्पनी रोभीले बोत्तलमा हुन सक्ने सम्भाबित समस्याबारे अनुसन्धान गरिने जनाएको छ । मंगलबार मात्र जापानका स्वाथ्यमन्त्रीले बोत्तलभित्र इन्जेक्सन गलत तरिकाले घोच्दा खोपमा मिसावटको आशंका लागेको बताएका थिए ।

अहिलेसम्म जापानका ४० प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् भने ५० प्रतिशतले एउटा मात्र डोज लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर